ललितपुर – ललितपुरको रातो मच्छिन्द्रनाथको रथलाई आज पनि लगनखेलतिर तानिदैछ । हिजो थपाहितिबाट लगनखेलतर्फ लैजानको लागि रथ तानिएकोमा चक्रबहिलसम्म मात्र पुरयाउन सकेको हो ।
आज पनि लगनखेलतर्फ लैजानको लागि रथयात्रा हुनेछ। यसभन्दा अघि रथलाई आइतबार सुन्धाराबाट थपाहितिसम्म मात्र तान्न सकेको थियो।

हिजो सोमबार थपाहितिमा राखिएको रथलाई क्रेनको सहयोगले सोझ्याएपछि लगनखेलतर्फ लैजानको लागि तानिएको थियो। आज पनि मर्मत गरेर रथ तान्नको लागि तयारी भएको छ।
यसवर्षको रथयात्रा गएको सोमबार बैशाख ११ गते शुरु भएको हो। जात्राको पहिलो दिन नै रथ देब्रेतिर ढल्किएर समस्या भएको थियो भने त्यसबेलादेखि नै रथ देब्रेतिर ढल्किरहेको छ ।
