एसिया कप क्रिकेट : नेपाल भारतसँग खेल्दै

काठमाण्डाै – एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दै छ । खेल दिउँसो सवा ३ बजे श्रीलङ्काको पालेकेले इन्टरनेसनल क्रिकेट रङ्गशालामा हुनेछ । आजको खेलको विजेता टोली सुपर फोरमा पुग्नेछ । यस्तै, खेल रद्द भएमा भारतले सुपर फोरमा स्थान बनाउने छ…

पहिचान खुल्न नसकेका शव र हराएका व्यक्तिको विवरण सार्वजनिक

काठमाण्डाै – लामो समयदेखि पहिचान खुल्न नसकेका शव र हराएका व्यक्तिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । दुर्घटना, प्राकृतिक विपद् वा अरु कारणबाट ज्यान गइ पहिचान हुन नसकेका वा हकवाला र आफन्तले फेला पार्न नसकी बेवारिसे भएका शवको उचितरूपमा व्यवस्थापन गर्ने…

पाटनमा आज ऐतिहासिक नृसिंह जात्रा

ललितपुर – ललितपुरका मल्ल राजा सिद्धिनरसिहंको पालादेखि हुँदै आएकोे ऐतिहासिक नृसिंह जात्रा आज हुँदैछ । आज दिउँसो १२ बजेछि अग्निशाला टोलबाट नृसिंहसहित अरु देवदेवीको यात्रा सुरु गरिने नृसिहं जात्रा समारोह समितिले जनाएकोे छ । ललितपुरका ६ कुलका राजोपाध्याय समुदायले उमेरको…

रुद्रायणी देवीको १२ वर्षे जात्राका लागि देवगणलाई गुफा राखियो  

ललितपुर – ललितपुरको दक्षिणी भेगस्थित खोकनामा रुद्रायणी देवीको १२ वर्षे जात्राका लागि रुद्रायणी देवीसहित मन्दिरभित्रका देवीदेवतालाई  गुफा (गुप्तवास) राखिएको  छ । शनिबार तान्त्रिक विधिपूर्वक पुजाआजा गरी रुद्रायणी, भैरव, कुमारी, गणेश, करुणामय, इन्द्रायणी, बाराही, ब्रम्हा, विष्णु, महेश्वरसहित १४ देवगणलाई  गुफा राखिएको…

अमेरिकामा मनाइयो साःपारु

नेपाः पासा पुचः अमेरिकायको आयोजनामा अमेरिकाको मेरिल्याण्डमा साःपारु (गाईजात्रा) मनाइएको छ। सिल्भर स्प्रिंग शहरको ह्विटन पार्कमा शनिवार विभिन्न कार्यक्रम गरि साःपारु मनाइएको हो । नेपाः पासा पुचः अमेरिकायको प्रमुख उद्धेश्य अमेरिकामा नेवाः संस्कृति प्रवर्द्धन गर्नु हो। यसै अनुरूप वर्षभरिमा दिवंगत…

पेप्सीकोलामा दुर्घटना, दुई जनाको ज्यान गयो

काठमाण्डौ – काठमाण्डौको पेप्सीकोलामा बिहान भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । १४ जना घाइते छन् । बिहान जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरेको  बा ३ ख ४८४८ नम्बरको बसले बाग्मती प्रदेश–०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकल तथा बाग्मती प्रदेश ०२–०३७ प…

डेङ्गी सङ्क्रमितको सङ्ख्या २१ हजार नाघ्यो

काठमाण्डौ – नेपालमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २१ हजार नाघेको छ । इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अहिलेसम्म २१ हजार दुई सय छ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ ।  महाशाखाले भदौ र असोजमा डेङ्गी सङ्क्रमण उच्च हुने प्रक्षेपण…

नेपाली व्यवसायी संघ डेनमार्कको अध्यक्षमा मिलन टि. श्रेष्ठ निर्विरोध चयन

डेनमार्कका उद्योगी व्यवसायीहरूको साझा संगठन नेपाली व्यवसायी संघ डेनमार्कको साधारणसभा सम्पन्न भएको छ । गएको  आइतवार कोपनहेगनमा भएको सभाले मिलन टि. श्रेष्ठलाई निर्विरोध अध्यक्षमा चुनेको छ भने उपाध्यक्षमा शशी श्रेष्ठ, सचिवमा कृष्ण अधिकारी र  कोषाध्यक्षमा कुल राज शर्मालाई चयन गरेको…