ओली नेतृत्वको सरकारमा आरजु राणाको पनि मन्त्रि हुने

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अब बन्ने सरकारमा कांग्रेसबाट सांसद डा. आरजु राणापनि सहभागी हुने भएकी छिन् । ओलीले नै राणालाई आफू नेतृत्वको सरकारमा सहभागी हुन जोड गरेको विशेष स्रोतको दाबी छ । राणा अहिले संसदको कृषि समितिको सभापतिको भूमिकामा छिन् ।

ओलीको नेतृत्वमा अब बन्ने सरकारमा आरजुलाई परराष्ट्र मन्त्रालयको नेतृत्व दिईने तयारी भएको छ। आरजु अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिमा पनि निकै दख्खल राख्ने नेताहरुमध्ये पर्छिन् ।