एकाबिहानै भूकम्पको धक्का

काठमाडौं- बिगत केहि दिन देखि नेपालमा लगातार भूकम्प जादै गरेको छ। यसै बिच आज पनि एकाबिहानै भूकम्पको धक्का महसुस भएको छ। आज बिहीबार बिहान ६ बजेर ३३ मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार जाजरकोटको नायकवाडा केन्द्रविन्दु भएर भूकम्प गएको हो। राजनधानी काठमाडौंमा पनि यसको धक्का महसुस भएको थियो।