काठमाडौंको पुरानो ब्यारिक केन्द्र असनमा दुइ वटा घरमा आगलागी भएको छ । दिउँसो ३ः १७ बजेको समयमा असनको अन्नपूर्ण मन्दिर पछाडी महाबौद्धबाटोमा रहेको सटरमा वेल्दिंग गर्ने क्रममा आगलागी भएको काठमाडौँ महानगरपालिका २७ वडाका वडा अध्क्षय योगेस कुमार खड्गीले जानकारी दिनु भयो।
उक्त आगलागी नियन्त्रण गर्न स्थानिय ब्यबसायी, का.म.पा.जुद्ध बारुण यन्त्र ,ललितपुर बारुण यन्त्र ,प्रहरी वृत्त जनसेवा ,शार्दुल जङ्ग गुल्म रणभैरब गण, शशस्त्र प्रहरी २४ नं.गुल्म , महानगर प्रहरी बल ,ट्राफिक प्रहरी बृत्त जनसेवा ,महिला स्वास्थ्य स्वयमसेविका ,का.म.पा.२७ वडाको प्रयासमा नियन्त्रण आएको थियो।
किचेन वेर तथा होम अप्लायन्सका पसल गोदाममा आगलागीबात चालिस लाख बढीको क्षति भएको प्रारम्भिक अनुमा रहेको छ।
