नेवाः देय् दबू, काठमाण्डौं जिल्ला समितिको चौथो महाधिवेशन सम्पन्न

नेवाः देय् दबू, काठमाण्डौं जिल्ला समितिको हिजो शनिबार भएको चौथो महाधिवेशनले धन बहादुर महर्जनको अध्यक्षतामा रहेको कार्य समितिलाई नै आगामी कार्यकालका निमित्त पुनः जिम्मेदारी दिइएको छ ।

उपत्यका विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जनको संयोजकत्वमा रहेको निर्वाचन समितिले सर्वसम्मत निर्वाचित भएको नयाँ कार्य समितिको घोषणा गरिएको हो ।

नयाँ कार्य समितिमा वरिष्ठ उपाध्यक्ष श्रीजन मान श्रेष्ठ, उपाध्यक्षद्वय रामभोला महर्जन र रविना श्रेष्ठ, सचिवमा धरवीर महर्जन र सुनिता महर्जन, कोषाध्यक्षमा धर्मराज शाक्यलाई चयन गरिएको छ ।

यसैगरी सदस्यहरुमा राकेश खड्गी, सुनिल महर्जन, सुरेश शिलाकार, निर्मला सिंह, शर्मिला जोशी, कमला महर्जन, लक्ष्मी प्रसाद शाक्य, धर्मेन्द्र महर्जन, शम्भु मल्ल, मायादेवी महर्जन, विकास श्रेष्ठ, सूर्यमान डंगोल, राजकाजी श्रेष्ठ, कल्पना श्रेष्ठ, विनु श्रेष्ठ, शोभा लक्ष्मी ताम्रकारका साथै संघ संस्थाका तर्फबाट तेज नारायण महर्जन तथा जातीय समाजका तर्फबाट दिल कुमारी महर्जनलाई चयन गरिएको छ ।

निर्वाचन समितिमा उपत्यका विशेष प्रदेशका गंगादेवी डंगोल र नरेश श्रेष्ठ सदस्यका रुपमा रहनुभएको छ ।