काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा समस्या आएपछि सांसदसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ।
आजको प्रतिनिधिसभा बैठकमा सांसद्सँग प्रश्नोत्तर कार्यक्रम रहेपनि ओलीको स्वास्थ्यमा समस्या आएका कारण उनी संसदमा उपस्थित हुन नबस्ने जानकारी आएको सभामुख सचिवालयले जनाएको छ।
एमाले सचेतक सुनिता बरालले पनि एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको स्वास्थमा समस्या आएका कारण संसद्मा उपस्थित नहुने बताएकी छन्।
बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद- ९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची थियो।
यतिबेला प्रतिनिधिसभा बैठक जारी रहेको छ।
जेठ ६, २०८२ मा प्रकाशित
