पर्यटनमन्त्रीमा गणपतिलाल श्रेष्ठको नाम चर्चामा

प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषदमा अब कोको थपिएलान् भन्ने जिज्ञासाबीच सम्पदाकर्मी गणपतिलाल श्रेष्ठको नाम चर्चामा आएको छ । सम्पदा प्रेमी श्रेष्ठलाई सम्भावित पर्यटनमन्त्रीका रूपमा प्रचारित गरिएको हो ।

गणपति संरक्षण अभियान उपत्यकामा मात्र केन्द्रित छैन । भूकम्पपछिको पुनर्निर्माणका क्रममा रानीपोखरी र पशुपति क्षेक्रमा कंत्रिट हाल्ने प्रयास, बालगोपालेश्वर मन्दिरमा सिमेन्ट र रडको प्रयोगदेखि खुलामञ्चको व्यापारीकरण विरुद्ध उनले आवाज बुलन्द गर्दै आएका छन् । त्यही आवाजका कारण उनले पटक–पटक धम्की समेत खेप्नु परेको छ ।

भूकम्पले झोछेंको आफ्नै घर भत्काइसकेका बेला वसन्तपुर क्षेत्रमा पुरातात्विक सम्पदा संरक्षणमा जुटेका थिए गणपति। साथै सडक देखि सम्मानित अदालत सम्म न्यायको ढोका ढकढकाउने श्रेष्ठ हनुमानढोका निजिकरण बिरुद्द को मुद्दा , गुठी बिधयक बिरुद्ध को गुठी आन्दोलनमा राष्टृय पहिचान संरक्षक संयुक्त संघर्ष समिति को संयोजक भयर काम गरेको अभियन्ताको रुपमा पनि चिनिन्छ।

देशको अस्तित्त्व सङ्ग जोडेको काठमाण्डौको इन्द्रजात्रा, सेतो मच्छिन्द्रनाथ रथ जात्रा,गाइजात्रा,फागु पुर्णिमा ब्यबस्थित गर्न संयोजन अहम भूमिकामा पनि हुनु हुन्छ श्रेष्ठ।

गणपति जस्तै कुनै राजनीतिक दलहरूमा आवद्ध नभएका व्यक्तिहरू खोजेकी छन् प्रधानमन्त्री सुशीला कार्की । उनीहरूले केही व्यक्तिहरूलाई बोलाए र केहीलाई जेनजीका प्रतिनिधिहरू मार्फत् कुराकानी गरेकी छन् ।

यसै बीच विजय लामाको नाम पनि चर्चामा आएको छ । नेपाल वायुसेवा निगमका क्याप्टेन लामालाई सम्भावित पर्यटनमन्त्रीका रूपमा प्रचारित गरिएको हो ।