काठमाडौं । जेनजी आन्दोलनसँग सम्बन्धित एउटा समूह NTEK–Z ले भोलि राजधानीको माइतीघरमा गर्ने भनिएको शान्तिपूर्ण प्रदर्शन स्थगित भएको छ ।
समूहले बुधबार (असोज २२) विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनमा विभिन्न किसिमका अराजक तत्वहरूले आन्दोलनलाई विथोल्ने र अप्रिय घटना निम्त्याउने देखिएकाले स्थगित गरिएको जनाएको हो ।
संस्थाका अध्यक्ष प्रज्वल लामा, प्रवक्ता प्रदीप भट्टराई, संयोजक सुरेन्द्र घर्ति र सदस्य सुनिल सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा आगामी शान्तिपूर्ण आन्दोलनको नयाँ मिति छिट्टै सार्वजनिक गरिने उल्लेख छ ।
विज्ञप्तिमा आगामी शान्तिपूर्ण आन्दोलनको नयाँ मिति छिट्टै सार्वजनिक गरिने उल्लेख छ ।
