नेपाल एयर ट्राफिक कन्ट्रोलर्स एसोसिएसन (NATCA) को अध्यक्षमा श्री मुरारी प्रसाद पौडेल विजयी भएका छन्। २०८२/०६/२६ गते सम्पन्न भएको निर्वाचनमा उनले तिन जना प्रतिस्पर्धीलाई पछि पार्दै भारी मतका साथ विजयी भएका हुन्। NATCA को १४ औं कार्यसमितिको निर्वाचनमा अध्यक्ष सहित बाहेक अनय पदहरुमा निर्बिरोध निर्वाचित भएका छन्। जसअन्तर्गत उपाध्यक्षमा पेशागत तर्फ हिना झा , प्राविधिक तर्फ बिजय कुमार श्रेष्ठ, महासचिवमा गौरव देउजा, कोषाध्यक्षमा निसानत कुमार झा, सदस्यहरुमा खुम प्रसाद पौडेल, सुषमा सरमा , गणेश डुम्रे , सितेश कणँ , सुजन गिरि र सेवा निवृत्त तर्फ प्रकाश चन्द्र ढकाल रहेका छन्।
NATCA भनेको नेपालको हवाई यातायात नियन्त्रणकर्ताहरूको आधिकारिक पेशागत (professional) संस्था हो। यो गैर राजनीतिक संस्था हो जुन International Federation of Air Traffic Controllers Association (IFATCA) को सदस्य हो। IFATCA विश्वभरका Air Traffic Controllers Association को महासंघ हो। यसमा १३४ भन्दा बढी देशका संघहरुले सदस्यता लिएका छन् र झण्डै ५०,००० Air Traffic Controller (ATC) हरूको प्रतिनिधित्व गर्छ। हाल निर्वाचित NATCA को कार्यसमितिको मुख्य उद्देश्य भनेको हवाई सुरक्षाको स्तर कायम राख्न सदस्यहरुको पेशागत सीप विकास गर्ने र देशभरका ATC हरूको हितमा काम गर्ने हो।
NATCA मा अहिले ४०० भन्दा बढी सदस्यहरू छन्। नव निर्वाचित NATCA अध्यक्ष श्री मुरारी प्रसाद पौडेलले NATCA ले अब आगामी दिनमा सदस्यहरुको पेशागत कल्याण, दक्षता र सुरक्षा सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्नुका साथै नेपालमा हवाई यातायात नियन्त्रणका ATC हरूको क्षमता, वृत्ति विकास, देशको हवाई सुरक्षाको स्तर र नियमनमा पनि विशेष ध्यान पुर्याउने प्रतिबद्धता जनाएका छन्।
