काठमाडौं। ‘ए’ डिभिजन लिग यस वर्ष नहुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) र क्लबहरूले संयुक्त बैठकले सोमबार लिग नगर्ने निष्कर्ष निकालेका हुन्। अब लिग २०८३, पुस ३ गतेदेखि हुने भएको छ।
क्लबले तयारी नपुग्ने र बजेट पनि अभाव रहेको भन्दै उक्त प्रस्तावमा लिग खेल्न अस्विकार गर्दै आएका थिए । अन्तत् यस वर्ष पनि नेपालको शीर्ष डिभिजन लिग नहुने भएको छ । पछिल्लो पल्ट २०७९ सालमा शिर्ष डिभिजन लिग भएको थियो । एन्फाभित्र आन्तरिक राजनीतिका कारण त्यसयता लिग हुन सकेको छैन ।
बैठकले लिगको सम्पूर्ण तयारी मंसिरभित्रै पूरा गर्ने र प्रतियोगिता पुस ३ गतेदेख सञ्चालन गर्ने निर्णय गरेको छ।
