काठमाडौं । नेवा: राष्ट्रिय परिषदले नेपाल सम्बत्को ऐतिहासिक उद्गमस्थल शिला मुग: (हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर, सिनामंगल) भित्र रहेको पुरातात्त्विक सम्पदा संरक्षणका लागि औपचारिक पहल गरेको छ।
परिषदका संयोजक सुमन सायमी, सांस्कृतिक विभाग प्रमुख यादव लाल कायस्थ, राजनीतिक विभाग प्रमुक रबिन्द्र कुमार श्रेष्ठ सहितको प्रतिनिधि मण्डलले विमानस्थल प्रमुख हंसराज पाण्डेलाई सोमबार लिखित निवेदन बुझाएको हो। उक्त निवेदनमा नेपाल सम्बत्को ऐतिहासिक तथा सांस्कृतिक महत्त्व रहेको शिला मुग: स्थलको पुरातात्त्विक सम्पदा संरक्षण गर्न र त्यसको पहिचान कायम राख्न माग गरिएको छ।
नेपाल सम्बत् ११४६ वर्षअघि राष्ट्रिय विभूति शंखधर साख्वाले सम्पूर्ण नेपामीहरूको ऋण मो…
