मटिना पारुको उपलक्ष्यमा द लोकल्सले विशेष म्युजिक कन्सर्ट गर्दै

आज द लोकल्सले मटिना पारुको उपलक्ष्यमा आज रोडको धर्मपथमा पारुको उपलक्ष्यमा विशेष कन्सर्ट गर्ने भएको छ।

नेवा:समुदायको भ्यालेन्टाइन डेको रुपमा मनाउदै आएको यस दिनलाई मतिना भनिन्छ। यो दिन यःमरि पुन्हिको भोली पल्ट पर्दछ । पुन्हि भन्नाले नेपालभाषामा पूर्णिमा हो, त्यसको भोली पल्ट मतिना पारु, मतिना भनेको माया र पारु भन्नाले प्रतिपदा भन्ने बुझिन्छ।

यस कार्यक्रम सफल पार्नको लागि सबैको उपस्थितिको लागि काठमाडौं महानगरपालिका २३ वडाले बिशेस अनुरोध गरेको छ। साथै पार्किङ्गको बेबस्था वडाले टुडिखेलमा गरेको जानकरी वडाअध्यक्ष मचाराजा महर्जनले दिनु भयो।

आज हुने यस कन्सर्टमा कुमार सागर एण्ड खोपो ब्यान्ड ,ऊजं शाक्य एण्ड इमर्ज ब्यान्ड, गायिका निशा देसार , निभा डंगोल ,प्रिज्वल नेपाली लगायत ज्यास: टिमका विशेष प्रस्तुति हुनेछ। आज हुने यस कन्सर्टको प्रत्यक्ष प्रसारण न्युज नेपा:को अफिसियल फेसबुक पेजबाट पनि हेर्न सक्नुहुनेछ।