काठमाडौं महानगरपालिकाको बल्खुमा ट्रकको ठक्करले घाइते भएकी मोटरसाइकलमा सवार युवतीको उपचारका क्रममा निधन भएको छ।
प्रहरीका अनुसार ग२ख २०३९ नम्बरको ट्रकले बाप्र ०२–०६१ प ५८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बसेकी युवतीको उपचारको क्रममा निधन भएको हो।
नुवाकोट घर भएकी २६ वर्षीया रोशिका न्यौपानेको वयोधा अस्पताल बल्खुमा उपचारका क्रममा ज्यान गुमेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए।
बुधबार बिहान ट्रकले उक्त मोटरसाइकललाई ठक्कर दिएको हो।
उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको वयोधा अस्पतालमा उपचार भइरहेको छ।
