हेटौंडा सडक विस्तारका पिडीतहरूले माइतिघरमा विरोध प्रदर्शन

काठमाडौँ- बागती प्रदेशको राजधानी रहेको हेटौँडा मुख्य बजार क्षेत्रको सडक विस्तारका लागि गत मंसिर २० गतेदेखि डोजर चलाएर संरचना भत्काएको थियो । यस कदमको विरोधमा आज पिडीतहरूले माइतीघरमा बाजासहित विरोध प्रदर्शन गरेका छन् ।

सडक विस्तारका लागि सरकारले निजी सम्पत्तिमाथि डोजर चलाएको र पीडितलाई उचित क्षतिपूर्तिसमेत उपलब्ध नगरेको उनीहरूको गुनासो छ ।

सो विषयमा सरकारले कुनै पनि माग सम्बोधन नगरेको हुनाले हेटौडाबाट माइतीघरमा आएर प्रदर्शनी गर्नुपरेको हेटौंडा बसोबास संरक्षण समितिका सदस्य भुवन श्रेष्ठले जानकारी दिए ।

हेटौंडामा २५ गजको सडक सीमाभित्रका मुख्य बजार क्षेत्रका घरटहराहरु सरकारी पक्षले भत्काएपछि त्यहांका स्थानियहरूले प्रदर्शन गरेका हुन् ।

माइतिघरमा भेला भएर उनीहरूले ‘प्ले कार्ड’ प्रदर्शन गरेर र धिमे बाजा बजाएर विरोध प्रदरेशन गरेका हुन् ।