‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसीप’आयोजना हुने

पोखरामा आगामी माघको दोस्रो सातादेखि प्रतिष्ठित ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसीप’ को छैटौं संस्करण आयोजना हुने भएको छ। काठमाडौं ।ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माका अनुसार प्रतियोगितामा महिला र पुरुषतर्फ ७–७ गरी कुल १४ टिमको सहभागिता रहनेछ। यसपटक प्रतियोगितामा नेपालसहित भारत, मालदिभ्स र थाइल्याण्डका टिमहरूले प्रतिस्पर्धा गर्नेछन्।

महिलातर्फ तीन विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी र एपीएफ क्लब, टिपटप न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब र एभरेष्ट भलिबल क्लब रुपन्देही सहभागी हुनेछन्।प्रतियोगिता संयोजक राजकुमार गुरुङका अनुसार महिला तथा पुरुष दुवैतर्फका उपाधि विजेताले जनही नगद ६ लाख ६६ हजार ६६६ रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्। तेसैगरी उपविजेताले ३ लाख ६६ हजार ६६६ र तेस्रो हुने टोलीले १ लाख ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले जनही २६ हजार ६६६ रुपैयाँ पाउनेछन् भने विधागत रूपमा उत्कृष्ट हुने खेलाडीलाई जनही ११ हजार ६६६ रुपैयाँ प्रदान गरिने गुरुङले बताए।

करिब १ करोड ८० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिता अवलोकनका लागि दर्शकले टिकट काट्नुपर्ने व्यवस्था गरिएको छ। संस्थाका सचिव डिबी नेपालीका अनुसार प्रतियोगिता अवधिको लागि ३ हजार ५ सय रुपैयाँको ‘सिजनल टिकट’ कायम गरिएको छ।