हुम्ला- जमुना-हिल्सा जोड्ने कर्णाली करिडोरमा सवारी दुर्घटना हुँदा छ जना घाइते भएका छन्।
कालीकोटको पलाताबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०९२४ नम्बरको फोर्स गाडी दुर्घटनामा परेको हो।
रास्कोट नगरपालिका- ८ अन्तर्गत पर्ने करिडोरको ‘नडी’ भन्ने स्थानमा उक्त दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका छ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ भने बाँकी तीन जनाको अवस्था मध्यम रहेको प्रत्यक्षदर्शी प्रभाखर बरालले जानकारी दिए।
घाइतेहरूको हालसम्म पहिचान खुल्न सकेको छैन। प्रहरीका अनुसार घाइतेहरूको उद्धार प्रयास जारी छ। घटनास्थल दुर्गम भएकाले प्रहरी पुग्न समय लागेको र त्यसका कारण उद्धारमा ढिलाइ भएको बरालले बताए।
प्रहरीले भने सान्तिघाट र थिर्पु दुवै तर्फबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको र उद्धार कार्य भइरहेको जनाएको छ।
