पूर्व प्रधानमन्त्री झलनाथ खनालका जहान रविलक्ष्मी चित्रकारलाई नेवार समुदायका तर्फबाट भेटघाट

गतः यंलागाः द्वितीया, मंगलबार (भाद्र २४ गते) जेनजी आन्दोलनका नाममा भएको आक्रमणमा सिकिस्त घाइते भएका पूर्व प्रधानमन्त्री झलनाथ खनालका जहान रविलक्ष्मी चित्रकारलाई नेवाः अभियन्ता अग्रज मल्ल के. सुन्दरको नेतृत्वमा गएको एक समूहले गतः बुधबार भेटघाट गरिएको छ ।

नेवा: क्षेत्रबाट वहाँको स्वास्थ्यको सरोकार राखी आवस्यक सहयोग गर्न चित्रकारलाई भेट्नका लागि पूर्व सांसद कृष्णगोपाल श्रेष्ठ, नेवार अभियन्ता डा. महेश मान श्रेष्ठ, न्हूदँ संरक्षण समाजका प्रवन्धक प्रा.डा. नरेश मान बज्राचार्य, भाषा आयोगका सदस्य सुरेश किरण मानन्धरका साथै विभिन्न व्यक्तिहरुका उपस्थिति रहेका थिए ।

नेवाः अभियन्ता मल्ल के. सुन्दरले चित्रकार आक्रमणमा परी घाइते भएको समयमा पनि नेवार क्षेत्र आक्रोषित भएको र अहिले पनि यस घटनालाई लिएर विरोध गरिरहेको भन्दै नेवार क्षेत्रकाट आवस्यक सहयोग गरिने बचन दिनुभएको छ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले हालका प्रधानमन्त्री सुशीला कार्की निर्दयी व्यक्ति भएको भन्नुहुँदै यस घटनालाई लिएर सरकारका तर्फबाट कुनै पनि प्रतिक्रिया नआएको र अमानवीय चरित्र देखाइएको भनी बिचार ब्यक्त गर्नुभएको छ ।

रविलक्ष्मी चित्रकार गत सोमबार भारतको नयाँ दिल्लीको अस्पतालमा दुई महिनासम्म उपचार गरी नेपाल फर्किनुभएको हो । गतः यंलागाः द्वितीया, मंगलबार (भाद्र २४ ) गते पूर्व प्रधानमन्त्री झलनाथ खनालको निवास, दल्लु आवासमा जेनजी आन्दोलनका नाममा आक्रमण गर्ने क्रममा वहाँको घर जलाइएको हो भने घरको माथि रहेका बेला आगो लगाई दिँदा रविलक्ष्मी चित्रकार गम्भीर घाइते हुनुभएको थियो ।

वहाँको एउटा हात आगोबाट जलेकाले हात काटिएको छ भने अनुहार तथा शरीर जलेर गम्भीर घाइते हुनुभइको थियो । उक्त घटनालाई लिएर सम्पूर्ण क्षेत्रबाट निकै विरोध भएको छ ।