नेवाः देय् दबूको संयोजनमा विभिन्न संस्था– खलः पुचःका संयुक्त आयोजनामा १६ औं नेवाः एकता दिवस मनाइने भएका छन् ।
नेवाः देय् दबूका उपाध्यक्ष उमेश स्थापितले देशको राजनैतिक स्थितिलाई ध्यानमा राखी यस वर्ष विचार गोष्ठी मात्र गरिने निर्णय भएको जानकारी दिनुभएको छ ।
१६ औं नेवाः एकता दिवस मनाउन अस्ति नेवाः देय् दबूको संयोजनमा विभिन्न संस्था खलः पुचःको बैठक भएका थिए भने उक्त बैठकबाट आगामी प्वहेलाथ्वः नवमी, सोमबार (पुष १४ गते) दिउँसो २ बजे काठमाण्डौं, नेपाः ब्यांक्वेटमा यस प्रकारको विचार गोष्ठी गरिने निर्णय भएको हो ।
उक्त बैठकबाट विचार गोष्ठीको विषय ‘आजको परिस्थिति, नेवार एकताको प्रश्न’ राखिने र वक्ताको रुपमा मल्ल के. सुन्दर, राजेन्द्र श्रेष्ठ र नरेश ताम्राकारलाई प्रस्तुत गरिने निर्णय भएको छ ।
गतः १५ वर्ष अघि नयाँ संविधान निर्माण भइरहेका बेलामा नेवार क्षेत्रलाई नेवार प्रदेश घोषणा गरिनु पर्ने माँग गर्दै संयुक्त रुपमा नेवारहरुले प्वहेलाथ्वः नवमीका दिन दशरथ रङ्गशालामा आफ्ना शक्ति प्रदर्शन गर्दै नेवार राष्ट्रिय गान र नेवार झण्डा लोकार्पण गरिएका थिए ।
