ललितपुर क्षेत्र नम्बर २ बाट सामाजिक अभियन्ता राजाराम तण्डुकारले मनोनयन दर्ता गराएका छन् । गत मंगलबार ललितपुर क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालय सातदोबाटो पुगेर मनोनयन दर्ता गराएका हुन् । उनले उज्यालो नेपाल पार्टीबाट दर्ता गराएकाथिए।
गुठीदेखि संस्कृति, सम्पदा बचाउने विभिन्न आन्दोलनमा सक्रिय रहेका अभियन्ता राजाराम तण्डुकार पनि यस पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
२०३० सालमा ललितपुर वडा नं १ कोपुण्डोलस्थित गुसिंगालमा जन्मिएका तण्डुकार सात वर्षयता नेपाल भाषा, संस्कृति, सम्पदा, गैरन्यायिक सडक विस्तारको विरुद्धमा निरन्तर संलग्न हुँदै आउनुभएको छ । यही संलग्नताले गर्दा तण्डुकारलाई सामाजिक अभियन्ताका रुपमा धेरैले चिनेका छन्।
यस क्षेत्रबाटनै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रघुवर राज थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निवर्तमान सञ्चारमन्त्री जगदीश खरेल, नेकपाका उम्मेदवार राजेन्द्र अमात्य एमालेका प्रेम बहादुर महर्जनले मनोनयन दर्ता गराएका छन् ।
यसअघि ललितपुर निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले) का उम्मेदवार प्रेमबहादुर महर्जन विजयी भएका थिए ।
