आकाश भैरवको आशीर्वाद लिएर क्षेत्र नं. ८ मा चुनावी घरदैलो प्रारम्भ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी का काठमाडौं क्षेत्र नं. ८ का प्रत्यक्ष उम्मेदवार विराज भक्त श्रेष्ठले आजदेखि औपचारिक रूपमा घरदैलो अभियान सुरु गरेका छन्।

निर्वाचन आयोगले तोकेको आचारसंहिता पूर्ण रूपमा पालना गर्दै उनले घरदैलो कार्यक्रम प्रारम्भ गरेको जनाइएको छ। अभियानको सुरुवात अघि उनले आकाश भैरव मन्दिर मा पुगेर आशीर्वाद ग्रहण गरेका थिए।

“जनताको साथ, जनताको विश्वास — परिवर्तनको आधार” भन्ने नारासहित चुनावी मैदानमा उत्रिएका श्रेष्ठले सुशासन र समृद्धिको पक्षमा मतदान गर्न मतदातासमक्ष अपिल गरेका छन्। उनले घण्टी चिन्हमा मतदान गर्न आग्रह गर्दै क्षेत्र नं. ८ मा विकास, पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।

घरदैलो अभियानअन्तर्गत श्रेष्ठले स्थानीय बासिन्दासँग भेटघाट, संवाद र सुझाव संकलन गर्ने कार्यक्रम तय गरेका छन्। पहिलो दिन नै मतदाताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको उनको दाबी छ।