काठमाडौं- ३ मा राजुनाथ विजयी

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पाण्डेले १८ हजार ७५७ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा जित हासिल गरेका हुन्।

उनका प्रतिस्पर्धी कुलमान घिसिङ ले ११ हजार १७१ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहे।

निर्वाचन अधिकृत चमिला भट्टराई का अनुसार मतगणना भर्खरै सकिएको हो। उनका अनुसार पाण्डेले करिब ७ हजारभन्दा बढी मतान्तरले विजय हासिल गरेका हुन्।