निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल

भैरहवा- प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले मदिरा बिक्रीवितरणमा लगाइएको निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा रुपन्देही प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार अनुगमनका क्रममा जिल्लाका…

निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

काठमाडौँ, २० फागुनः निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सहज बनाउनका लागि बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित शाखालाई नियमित सञ्चालनको आवश्यक व्यवस्था मिलाइएको जनाएको छ । यही फागुन २१ गतेका दिन हुने प्रतिनिधिसभा सदस्यको आमनिर्वाचनलाई मध्यनजर गरी सरकारले तीन दिन सार्वजनिक…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २० फागुनः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको…

नेपाली बजारमा बधबार सुनको मूल्य घटेको छ ।

काठमाण्डौ — आज सुनको भाउ तोलामा ११ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ घटेर तोलामा ३ लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । हिजो सुनको भाउ तोलाको ३ लाख २८…

नेप्सेमा ३८ अंकको वृद्धि

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८ दशमलव ५२ अङ्कले बढेर दुई हजार ७१२ दशमलव ४९ को बिन्दुमा कायम भएको छ। आज नेप्से परिसूचक एक दशमलव ४४ प्रतिशतले बढेको हो। आज ३२९ कम्पनीको एक करोड ५१ लाख ८४ हजार…

छुट्टाछुट्टै सवारी दुर्घटनामा एकै दिन १५ जनाको मृत्यु

काठमाडौँ – देशका विभिन्न भागमा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सर्लाही, सुनसरी, बारा, मकवानपुर, भक्तपुर, चितवन, धादिङ, कास्कीमा सवारी दुर्घटना भएको छ। त्यस्तै बाँके, रूकुम पूर्व, रूपन्देही र कञ्चनपुरमा भएका सवारी दुर्घटनामा…

सुनको भाउ आज तोलामा बढेको छ ।

काठमाण्डौ – आज पनि सुनको भाउ बढेको छ । सुन आज तोलामा दुई हजार ५ सय रुपैयाँले बढेर तोलाको ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३…

डिजिटल युगमा नेपालभाषाको फड्को: ‘नेवा-फिलिक्स’ मार्फत सम्पदा विश्वमाझ

काठमाडौं — नेपालभाषा चलचित्र, संस्कृति र सम्पदालाई डिजिटल माध्यमबाट विश्वव्यापी दर्शकमाझ पुर्‍याउने लक्ष्यसहित ईलोहं इन्टरटेनमेन्टले ‘नेवा-फिलिक्स’ नामक ओटीटी प्लेटफर्म सार्वजनिक गरेको छ। कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्समा आयोजित कार्यक्रममा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी ले प्लेटफर्म उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा बोल्दै…

पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै होली, आज सार्वजनिक बिदा

काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा बिहीबार (आज) फागु पूर्णिमामा मनाइँदै छ । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागु पूर्णिमा मनाइन्छ । आजको दिनमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रुपमा एक आपसमा रङ, अबिर लगाइदिने, नाच गान गर्ने र…

विदेश उड्न एयरपोर्ट पुगेकाहरूको पीडा- खानेबस्ने पैसासमेत छैन

काठमाडौं । मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव र हवाई क्षेत्र प्रतिबन्धका कारण केही देशका अन्तर्राष्ट्रिय उडान रद्द भएपछि त्यसतर्फ जाने यात्रु बिचल्लीमा परेका छन् । दोहा, दुवई कुवेत, अबुधाबी, कतार, दमामलगायतका विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने…