काठमाण्डौ — नेपाली बजारमा आज सुनको मूल्यमा ठूलो गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज एकैदिन तोलामा ३ हजार ८०० रुपैयाँले घटेर उपभोक्तालाई राहत मिलेको छ।
आज बजारमा छापावाल सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो मात्रै सुनको भाउ हालसम्मकै उच्च बिन्दु आसपास अर्थात् २ लाख ९४ हजार ८०० रुपैयाँ पुगेको थियो। सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ। चाँदी आज तोलामा १५० रुपैयाँले घटेर ४ हजार ८८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ। हिजो चाँदी प्रतितोला ५ हजार ३० रुपैयाँमा खरिद–बिक्री भएको थियो। अन्तर्राष्ट्रिय बजारमा उतारचढाव आएका कारण स्थानीय बजारमा पनि यसको प्रत्यक्ष असर देखिएको हो।
