काठमाडौँ — स्थानीय बजारमा आज सुनको भाउ ह्वात्तै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजोको तुलनामा सुन तोलामै ४ हजार रुपैयाँले सस्तो भई २ लाख ९८ हजार ५ सय रुपैयाँमा झरेको हो।
हिजो बिहीबार सुनको मूल्य ३ लाख २ हजार ५ सय रुपैयाँ रहेको थियो।
सुनसँगै चाँदीको भाउमा पनि गिरावट आएको छ। आज चाँदी तोलामा ३ सय ५५ रुपैयाँले घटेर ५ हजार ३ सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ।
हिजो चाँदी प्रतितोला ५ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।
