आरम्भ स्कुलमा इन्द्रजात्राको झल्को, विद्यार्थीले प्रस्तुत गरे सांस्कृतिक परियोजना

आरम्भ संस्कार विद्यालयले इन्द्रजात्रा (येँया पुन्हि)को मौलिक संस्कृति र परम्परालाई विद्यार्थीमार्फत प्रस्तुत गर्दै विद्यालय परिसरमै इन्द्रचोकदेखि वसन्तपुरसम्मको वातावरण झल्काएको छ।

विद्यालयमा आयोजित इन्द्रजात्रा विशेष कार्यक्रममा इन्द्रजात्राको कथादेखि नेवारी लोकनृत्य, यःसि तानेदेखि ढाल्नेसम्मका विभिन्न परम्परा प्रस्तुत गरिएको थियो। विद्यार्थीहरूले इन्द्रजात्राको पहिलो दिनदेखि अन्तिम दिनसम्मका सांस्कृतिक गतिविधिलाई प्रस्तुति र प्रत्यक्ष अनुभवमार्फत देखाएका थिए।

इन्द्रजात्रा कार्यक्रमको परिकल्पना, योजना तथा संयोजन आरम्भ संस्कार विद्यालयकी ईसीए कोअर्डिनेटर कृपा बज्राचार्यले गरेकी हुन्। उनको संयोजनमा विद्यार्थीहरूले इन्द्रजात्राका विभिन्न पक्षलाई अध्ययन गरी त्यसलाई परियोजनाका रूपमा प्रस्तुत गरेका थिए।

विद्यालयमा आयोजित इन्द्रजात्रा विशेष कार्यक्रममा इन्द्रजात्राको कथा देखि नेवारी लोकनृत्य, यःसि ताने देखि ढाल्नेसम्मका विभिन्न परम्परा प्रस्तुत गरिएको थियो। विद्यार्थीहरूले इन्द्रजात्राको पहिलो दिन देखि अन्तिम दिनसम्मका सांस्कृतिक गतिविधिलाई प्रस्तुति र प्रत्यक्ष अनुभवमार्फत देखाएका थिए।

मुख्य इन्द्रजात्रा पर्व काठमाडौंको वसन्तपुरमा मनाइन्छ । नेवार समुदायले यो पर्व मनाउँदै आएका छन् । देशका विभिन्न भागसहित विदेशका केही स्थानमा पनि इन्द्रजात्रा पर्व मनाउने गरिन्छ ।

यस कार्यक्रममा नेवारी र नेपाली दुवै भाषालाई प्रोत्साहन स्वरुप प्रस्तुत गर्न दिइयो । साथै, सम्पुर्ण अभिभावकहरु समक्ष यन्या पुन्ही ( इन्द्र जात्रा) को सान्स्कृतिक, धार्मिक र शैक्षिक महत्व पनि स्पष्ट पारिएको थियो ।

बालबालिका सूचनाका बलिया आधार हुन्। यस्ता कार्यत्रमले बालबालिकालाई आफ्नो धर्म, संस्कृति, रीतिरिवाज, खानपिन तथा रहनसहनका बारेमा बुझ्न र यसको संरक्षणमा लाग्न रचनात्मक भूमिका खेल्ने सकुलका प्रधानाध्यापक नरेश प्रसाद श्रेष्ठको बुझाइ छ। प्रअ श्रेष्ठ थछन् , ‘विद्यालयका शिक्षक, कर्मचारी र अभिभावकको बलियो सक्रियताले विद्यालय उत्कृष्टमा पर्न सफल भएको छ, यो सकारात्मक पक्ष हो।’