स्व.पिएल सिंहको १३ औँ दिनको पुण्यतिथिमा असनमा दीप प्रज्वलन

नेपाली कांग्रेश २७ वडा द्वारा आयोजनामा स्व.नेता पिएल सिंहको पूण्यतिथिमा पुस १३ गते शुक्रवार हिजो दिप प्रज्वलन गरिएको छ ।

उक्त कार्यक्रममा काठमाडौं महानगरपालिकाका वडा २७ का अध्यक्ष योगेश कुमार खड्‌गीले सिंहको पूण्यतिथिको अवसरमा साँझ असन चोकमा दीप प्रज्वलनको शुभारम्भ गरेका थिए ।

साथै स्व.सिंहको सम्झनामा एक मिनेट मौन धारणा पनि गरेका थिए। कार्यक्रममा २७ वडाका स्थानीयको सहभागीता थियो।

काठमाडौं महानगरका पूर्वमेयर सँगै मन्त्री समेत रहेका स्व. सिंहको पुस १ गते ८८ बर्षको उमेरमा ठमेलस्थित चाक्सीबारी निवासमा निधन भएको थियो ।