नागरिकको सुरक्षा सुनिश्चित गर्न आफ्नो व्यक्तिगत र पारिवारिक दायित्वलाई थाँती राखी देश र जनताको सुरक्षामा नेपाल प्रहरी सधै अघि छन् भने भनाईलाई जनसेवाका प्रहरी नायब उपरिक्षक (डिएसपी) रुकेश तण्डुकारले पुन एक चोटी प्रमाणित गरेका छन्।
साधन स्रोतको अभावमा पनि राज्यले सुम्पेको जिम्मेवारीलाई पुरा गर्न (डिएसपी) तण्डुकारले निष्ठापूर्वक तथा प्रविधिसँग प्रभावकारी मिश्रण गरी राजधानीमा बिहीबार साँझ करिब साढे ६ बजे काठमाडौं महानगरपालिका वडा नं. २१ लगनस्थित अमिर स्थापितको घर कम्पाउण्डमा रहेको इनारमा एक महिला खसेपछि उद्धारका लागि गएको प्रहरी टोलीको कमाण्ड सम्हालेका डिएसपी तण्डुकार आफैं इनारमा पसेर जिवितै उद्धार गर्न सफल भए ।
३० फिट गहिरो ईनारमा जोरपाटि वस्ने वर्ष ४३ कि सन्जु कोईराला खसेको खबर पाउने बितिकै (डिएसपी) रुकेश तण्डुकारको सक्रियतामा आफैं पसेर डिएसपी तण्डुकारले विपतमा परेकी कोइरालाको ज्यान जोखिममा रहेको बुझेपछि ‘क्वीक डिसिजन’ गरेर आफु इनार पसेर कर्तव्यनिष्ठलाई पुष्टी गरेको छ । यदि सेकेण्डमात्रै पनि ढिला भएको भए घटनाले अर्कै रुप लिनसक्थ्यो, अर्थात् कोइराला नरहन पनि सक्थिन् ।
आमनागरिक र राज्यले सामना गरेको हरेक विषम परिस्थितिलाई निस्तेज तुल्याउन नेपाल प्रहरीका प्रत्येक सदस्यहरूले पेशाग कर्तव्य परायणतामा उच्च मनोबलका साथ खटिदै आएको छ नेपाल प्रहरी जसको उदाहरण हो (डिएसपी) रुकेश तण्डुकार ।
