सरकारले असोज १ गते शोक दिवस मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो दिन सार्वजनिक बिदा दिने र जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकालाई शहीद घोषणा गर्ने निर्णय गरेको हो ।
जेनजी आन्दोलनका क्रममा देशभरि ७२ जनाले ज्यान गुमाएका छन् भने २ हजार ३१६ जना घाइते भएका छन् । देशका विभिन्न अस्पतालमा २८३ जना उपचाररत छन् । ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय समेत भएको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
मन्त्रिपरिषद्ले गरेका निर्णय
– मृतकलाई सहिद घोषणा, राष्ट्रिय सम्मानसहित अन्त्येष्टि
– असोज १ मा शोक दिवस,सार्वजनिक विदा
– घाइतेको निःशुल्क उपचार, मृतक परिवारलाई १५ लाख राहत
– आन्दोलनको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग बनाइने
– जेनजी स्मृति पार्क निर्माण गर्ने
– ओली मन्त्रिपरिषद्मा आएका सबै प्रस्ताव मन्त्रालयमै फर्काउने
