बाढी र पहिरोका कारण मुलुकका विभिन्न राजमार्ग बन्द गरियो

​चितवन । भोटेकोसीमा आज बिहान पुनः बाढी आएपछि प्रहरीले नदी तटीय क्षेत्रमा सुरक्षित रहन अनुरोध गर्दै मुख्य राजमार्ग बन्द गरेको छ ।

आज बिहान ठूलो बाढीको आवाज आएकोले बाढी-पहिरोको जोखिम तीव्र रूपमा बढेको भन्दै प्रहरीले नदी तटीय क्षेत्रमा बस्ने बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।

​पहिरोका कारण देशका प्रमुख राजमार्गहरू पूर्ण रूपमा ठप्प भएका छन्। नारायणगढबाट मुग्लिङ हुँदै पोखरा तथा काठमाडौँतर्फ जाने र आउने सबै प्रकारका सवारी साधनहरूको आवतजावत अर्को सूचना नआएसम्मका लागि पूर्ण रूपमा रोकिएको चितवन प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा सयौँ सवारी साधन र यात्रीहरू बाटोमै रोकिएका छन्।

प्रशासनले जोखिमयुक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई तत्काल सुरक्षित स्थानमा सर्न, सम्बन्धित निकायको निर्देशन पालना गर्न र यात्रा स्थगित गरी आफ्नो अनि परिवारको सुरक्षालाई पहिलो प्राथमिकता दिन विशेष अनुरोध गरेको छ।