रसुवा बाढीमा परेर मृत्यु हुनेको संख्या १ हजार ३८८ पुग्यो

काठमाडौं : भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या १ हजार ३८८ पुगेको छ। नेपाल प्रहरीले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार ५४२ पुरुष, ३३४ महिला र ५१२ आंशिक अंगसहित १ हजार ३८८ जनाको शव फेला परेको हो।

प्रहरीका अनुसार हालसम्म मृतक तथा बेपत्ताको आफन्तबाट ३ हजार १३२ डीएनए संकलन भएको छ। जसमा १ हजार २८६ शव र १ हजार ८४६ बेपत्ताको आफन्तबाट डिएनए संकलन गरिएको हो।

बाढीमा परेकामध्ये ४ हजार ८९ जना अझै हराइरहेका छन्। उनीहरूकोअझै खोजी कार्य जारी छ।