ललितपुर । वर्ल्ड नेवाः अर्गनाइजेसनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत पाटन संयुक्त क्याम्पसमा स्नातक तहमा नेपालभाषा तेस्रो वर्षमा अध्ययनरत सात जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा क्याम्पस प्रमुख डा रघुवीर बिष्ट उपस्थिति रहेको थियो । नेपालभाषा शिक्षण समितिकी प्रमुख उपप्राध्यापक निर्मला श्रेष्ठ र वर्ल्ड नेवाः अर्गनाइजेसन नेपाल च्याप्टरका अध्यक्ष रमेशमान मुनिकारको समन्वयमा क्याम्पसको सभाहलमा बुधबार आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई जनही १५ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको हो।
छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूमा रिना श्रेष्ठ, राममाया जोशी महर्जन, मिज:मान शाक्य, रविना महर्जन, रमिता अवाले, रेशमी महर्जन र सबिना श्रेष्ठ रहेका छन्।
कार्यक्रममा वर्ल्ड नेवाः अर्गनाइजेसनका केन्द्रीय पदाधिकारी र नेपाल च्याप्टरका पदाधिकारीहरुले विद्यार्थीहरूलाई छात्रवृत्ति रकम हस्तान्तरण गरेका थिए। छात्रवृत्तिका लागि जर्मनीबाट वर्ल्ड नेवाः अर्गनाइजेसनका युरोप कोर्डिनेटर कुमार नापित लगायत सोम श्रेष्ठ, रामकाजी गोसाई र दिनेश प्रधानलगायतले सहयोग गरेका थिए।
त्यसैगरी कार्यक्रममा वर्ल्ड नेवाः अर्गनाइजेसनका केन्द्रीय उपाध्यक्ष बिरेन्द्र नकर्मी दुबई , केन्द्रीय सदस्य रजनी प्रधान बेल्जियम साथै नेपालबाट अनिल श्रेष्ठ र सुमन बाध्य श्रेष्ठले पनि सहयोग गरेका थिए।
