काठमाण्डौ – आज सुनको भाउ २ हजार ३०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज २ लाख ९९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलाको ३ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ तोलामा ६० रुपैयाँले बढेर ४ हजार ६२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी तोलाको ४ हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो ।
