काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्सलाई १७५ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनायो । विराटनगरका इमरान शेखले ५६, आन्द्रे रसेलले नटआउट ५२, लोकेश बमले ५० रन बनाए । जनकपुरका अभिषेक तिवारीले २, मोइन अलीले १ विकेट लिए ।
अहिलेसम्म तीन खेल खेलेको विराटनगरले एकमा जीत र दुईमा हार बेहोरेको छ । यस्तै जनकपुरले तीन खेल खेल्दा दुईमा जीत र एकमा हार बेहोरेको छ ।
एनपीएलमा आजको दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे शुरू हुनेछ ।
अहिलेसम्म दुई खेल खेलको लुम्बिनीले एकमा जीत र एकमा हार बेहोरेको छ । यस्तै पोखराले दुई खेलमै हार बेहोरेको छ । आठ वटा टोली सहभागी तेस्रो संस्करणको एनपीएल आउँदो मङ्सिर ५ गतेसम्म चल्नेछ ।
