छठ पर्व सुरु, पहिलो दिन ‘नहाय–खाय’

आजदेखि छठ पर्व सुरु भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व आजबाट सुरु भएको हो ।

छठ पर्वको पहिलो दिन आज ‘नहाय–खाय’ गरिन्छ । दोस्रो दिन ‘खरना’ गरिन्छ । तेस्रो दिन व्रतालुले अस्ताउँदो सूर्यलाई अघ्र्य दिन्छन् भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्व सम्पन्न हुन्छ ।

छठ घाटमा जातीय तथा सामुदायिक विभेद नगरी सबैले एकै लहरमा बसेर पर्व मनाउने परम्परा छ । सूर्यदेव र षष्ठीदेवी (छठी माता) को उपासना गरिने यस पर्वले मङ्गल र कल्याण गर्ने जनविश्वास रहिआएको छ ।

छठ पर्वको अवसरमा मधेशभरी र काठमाडौँ उपत्यकामा पनि चहलपहल बढेको छ । नदीकिनार, पोखरी तथा धार्मिक महत्वका जलाशयमा छठघाट निर्माण र सरसफाइको क्रम सुरु भइसकेको छ ।