काठमाण्डौ – सुनचाँदीको भाउ आज पनि घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १ हजार ५०० रुपैयाँले घटेर तोलाको २ लाख ७० हजार २०० रुपैयाँमा झरेको छ ।
सुन अस्ति शुक्रबार तोलामा एकैदिन १२ हजार ६०० रुपैयाँले घटेको थियो । यस्तै आज चाँदी पनि १०० रुपैयाँले घटेर तोलाको ३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
शुक्रबार चाँदी ३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
