एनओएको ११ औं सामूहिक ब्रतबन्धको कार्यक्रम भोली

भाषा, संस्कृति, परम्परा एवं कलाको प्रवर्द्धन तथा सम्बर्धन गर्ने उद्धेश्यले नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए ) ले ११ औं सामूहिक ब्रतबन्ध (केयता पूजा) आयोजना गर्ने भएको छ।

सामूहिक ब्रतबन्ध भोली जुलाई  ८  का दिन मेरिल्याण्ड राज्यको वाशिंगटन काली मन्दिरमा विहान ८ बजेदेखि हुने एनओएले जनाएको छ। भोली मेरिल्याण्ड, भर्जिनिया, कनेतिकेत र ईलिनोइका ७ जना ११ वर्षदेखि १६ वर्षसम्मको उमेर समूहका नेपाली बटुकलाई नेवार समुदायका पुरोहित  बासव राजोपाध्यायले सामूहिक रूपमा ब्रतबन्धको संस्का्र गर्नुहनेछ।

एनओएले भाषा, संस्कृति, परम्परा एवं कलाको प्रवर्द्धन तथा सम्बर्धन गर्ने उद्धेश्यले सामूहिक ब्रतबन्ध सहित विभिन्न कार्यक्रम गर्दै  आइरहेको छ।