नेपाली साहित्यका हस्ती एवं जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन

नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको आइतबार राति निधन भएको छ । उनी ९३ वर्षका थिए र पछिल्लो समय विरामी थिए । नेपाल भाषा एकेडेमीका चान्सलर कृष्णसुन्दर मल्लका अनुसार कवि श्रेष्ठको बुढानीलकण्ठस्थित घरमै उनको निधन भएको हो । ‘फूलको आँखामा फूलै…

सरकार प्रचारबाजीमा लाग्दा ग्यास अभाव भयो : ग्यास विक्रेता महासंघ

काठमाडौं । ग्यास बिक्रेता महासंघले लामो समयदेखि खाना पकाउने ग्यासको चरम अभावप्रति सरकार गम्भीर नभएको आरोप लगाएको छ । महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल आयल निगम, वाणिज्य मन्त्रालय र सरकारका अन्य निकायहरू समस्या समाधान गर्नुको साटो ‘अनावश्यक प्रचारबाजी’…

पश्चिम क्षेत्रमा पर्सिसम्म नै ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ – देशका पश्चिम क्षेत्रमा पर्सि मंगलबारसम्म नै पानी पर्ने सम्भावना रहेको छ । मनसुनी गतिविधि सक्रिय रहेकाले तीन दिनसम्म नै सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । आजदेखि पर्सिसम्म विशेषगरी पश्चिम क्षेत्रका गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका…

भारतका प्रधानसेनापति सेठ चार दिनका लागि आज नेपाल आउँदै

काठमाडौँ- प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको चारदिने भ्रमणमा आज अपराह्न यहाँ आउँदै छन् । राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले भोलि राष्ट्रपति कार्यालयमा आयोजना हुने विशेष समारोहमा प्रधानसेनापति सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दज्ज्यानी चिह्न…

बढ्यो स्थानीय बजारमा सुनचाँदीको मूल्य

काठमाडौँ- स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन हजार ६०० र चाँदी रु ५० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल एक तोला सुनको मूल्य रु तीन लाख पाँच हजार २०० कायम भएको छ ।…

गुँला पर्वको अवसरमा स्वयम्भूमा सरसफाइ अभियान सम्पन्न

काठमाडौं । गुँला पर्वको अवसरमा स्वयम्भू भगवान पाउ क्षेत्रको चैत्य परिसरमा सरसफाइ अभियान सम्पन्न भएको छ। सेवा अभियानको आयोजनामा आइतबार बिहान आयोजित सरसफाइ कार्यक्रममा स्वयम्भू क्षेत्रको चैत्य तथा आसपासका स्थानमा सरसफाइ गरिएको हो। गुँला पर्वको धार्मिक तथा सांस्कृतिक महत्वलाई ध्यानमा…

विद्युत निर्यातका लागि नियामकीय र नीतिगत सुधारलाई एकसाथ अघि बढाउँछौँः उर्जामन्त्री श्रेष्ठ

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत व्यापार विस्तारका लागि नियामकीय तथा नीतिगत सुधारलाई समानान्तर रुपमा अगाडि बढाउने बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आयोजना गरेको कार्यक्रममा उनले ऊर्जा व्यापार र लगानीसँग जोडिएका विषयलाई एउटै…

भारतमा युवालाई लक्ष्य गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्ने युवाका लागि निःशुल्क अनलाइन कोचिङ कक्षा सञ्चालन गर्ने घोषणा गरेका छन्। युवाको नेतृत्वमा भएको व्यापक विरोध प्रदर्शनपछि शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएको केही सातापछि मोदीले यस्तो घोषणा गरेका हुन्। भारतको स्वतन्त्रता दिवसका…

रोकिराखेको बस आफैँ गुड्दा दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली (नुवाकोट) – नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। घाइते भएका तीन जनाको काठमाडौँमा उपचार भइरहेको छ। नुवाकोटको दुप्चेश्वर महादेव दर्शनको लागि आएका तीर्थयात्री चढेको बस शिवपुरी गाउँपालिका–७ स्थित थानाभञ्ज्याङमा दुर्घटना हुँदा काभ्रेको बनेपा…

ग्यास पाउन अझै सास्ती

खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल आयल निगमले काठमाण्डाैका ५ वटा ठाउँबाट बिक्री/वितरण शुरू गरेको छ । निगमले जिल्ला प्रशासन कार्यालय काठमाण्डाैसँगको समन्वयमा आजदेखि ग्यास उद्योग तथा डिपोमार्फत ग्यास वितरण थालेको हो । टेकुमा रहेको नेपाल आयल निगम परिसर,…