सावित्राको गोलसँगै नेपाल र म्यानमारले बराबरी खेले

काठमाडौं– जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत आइतबार भएको खेलमा नेपाल र म्यान्मारले २-२ गोलको बराबरी खेलेका छन् । प्रतियोगिताको समूह चरणको अन्तिम भिडन्तमा यसअघि नै फाइनलमा पुगिसकेका दुवै टोलीले बराबरी खेलेका हुन् । तर खेलमा अग्रता भने छैटौँ मिनेटमै म्यानमारले…

म्यानमारलाई नेपालको चुनौती

काठमाडौं। घरेलु टोली नेपालले इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपमा आइतबार म्यानमारलाई चुनौती प्रस्तुत गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल साँझ ६ बजे सुरु हुनेछ। सिंगल लिगमा भइरहेको प्रतियोगितामा यी दुई टोली अपराजित रहँदै एक खेलअगाबै फाइनलमा प्रवेश गरिसकेका छन्। नेपालले किर्गिस्तान…

२ सय ५९ दिन पछि भिड्दै भारत-पाकिस्तान, कस्ले मार्ला बाजी?

आइसीसी च्याम्पियन्स ट्रफि (२०२५) को बहुप्रतिक्षित खेलमा आज भारत-पाकिस्तान भिड्दै छन्। दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा दिउँसो २:४५ मा सुरु हुने खेल दुबै टिमका लागि दोस्रो हो। पहिलो खेलमा भारतले बंगलादेशलाई हराएको थियो भने पाकिस्तान न्युजिल्यान्डसँग हारेको थियो। आज पाकिस्तान पराजित…

ललितपुरको सिभिल होम्समा आगलागी

काठमाडौँ– ललितपुरको सुनाकोठीस्थित सिभिल होम्समा आगलागी भएको छ। आइतबार बिहान सुमनध्वज जोशीको घर नम्बर ४६ मा आगलागी भएको हो। पुजा कोठामा बालिएको बत्तीबाट आगलागी भएको ललितपुर महानगर प्रहरी बल प्रमुख श्री सिताराम हाछेथुले बताए। साढे तीन तलामाथिको घरमा आगलागी भएको…

बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

काठमाडौँ– आजका लागि सुनको मूल्य बढेको छ। शुक्रबार प्रतितोला रु एक लाख ७० हजार कायम भएको सुनको मूल्य आज (आइतबार) रु एक लाख ७० हजार तीन सय कायम भएको छ। यस्तै आज चाँदीको मूल्य भने घटेको छ। शुक्रबार प्रतितोला रु…

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

सखरखण्ड प्रतिकेजी ७०, बरेला प्रतिकेजी ४५, पिँडालु प्रतिकेजी ९०, स्कूस प्रतिकेजी ४०, रायो साग प्रतिकेजी १५, पालुङ्गो साग प्रतिकेजी ४०, चमसुरको साग प्रतिकेजी ५०, तोरीको साग प्रतिकेजी २५, मेथीको साग प्रतिकेजी ५०, प्याज हरियो प्रतिकेजी ३०, बकुला प्रतिकेजी ७०, तरुल…

दिलीप रायमाझीलाई पितृशोक

काठमाडौँ– अभिनेता दिलीप रायमाझीलाई पितृशोक परेको छ। उनका बुबा आनन्दकुमार रायमाझीको गएराति उपचारकाक्रममा कीर्तिपुर अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। ७८ वर्षीय आनन्दकुमारको शनिबार बिहान पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ। अन्तिम श्रद्धाञ्जली दिन कलाकारहरू पशुपति आर्यघाट पुगेका थिए।

ताप्लेजुङको पाथीभरा क्षेत्रमा यस वर्षकै बाक्लो हिमपात

काठमाडौँ-ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) क्षेत्रमा यस वर्षकै बाग्लो हिमपात भएको छ । गएराति तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरालगायत क्षेत्रमा बाग्लो हिमपात भएको हो । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी तथा स्तानीय राजेन्द्र महतका अनुसार गत पुस महिना पहिलो पटक…

लदी पर्वमा माझी समुदायलाई सार्वजनिक विदा

काठमाडौँ-बागमती प्रदेश सरकारले लदी पर्वमा माझी समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ । यही फागुन २० मा मनाउन लागिएको उक्त पर्वमा माझी समुदायका लागि मात्र सार्वजनिक विदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले…

प्रेस चौतारीको एसोसियट प्रदेशको अध्यक्षमा पुन: श्रीहरि थापा, यस्तो बन्यो टीम

काठमाडौं । प्रेस चौतारी नेपाल एशोसिएट प्रदेशको दोस्रो अधिवेशन बुधबार काठमाडौंमा सम्पन्न भएको छ । अधिवेशनबाट श्रीहरि थापाको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ । यसै गरी उपाध्यक्षमा रघुनाथ सापकोटा र स्वस्तिका थापा निर्वाचित हुनुभएको छ । अधिवेशनबाट महासचिवमा मनोज…