दिलीप रायमाझीलाई पितृशोक

काठमाडौँ– अभिनेता दिलीप रायमाझीलाई पितृशोक परेको छ।

उनका बुबा आनन्दकुमार रायमाझीको गएराति उपचारकाक्रममा कीर्तिपुर अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

७८ वर्षीय आनन्दकुमारको शनिबार बिहान पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ। अन्तिम श्रद्धाञ्जली दिन कलाकारहरू पशुपति आर्यघाट पुगेका थिए।