काभा महिला १९ वर्षमुनिको च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई हरायो

काठमाण्डौ – नेपाली टोलीले श्रीलङ्कामा चलिरहेको काभा महिला १९ वर्षमुनिको च्याम्पियनसिपमा घरेलु टोलीलाई हराएको छ । नेपालले श्रीलङ्कालाई ३–१ ले हराएको थियो । नेपाल २५–१८,२६–२४,१९–२५,२५–२० ले विजयी भएको हो । नेपाल आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग ३–२ ले पराजित भएको थियो ।…

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

काठमाण्डौ – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा. रामवरण यादवबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको भेटमा आउँदो फागुन २१ मा हुन लागेको चुनावको तयारी र राजनीतिक वातावरणका विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी…

राष्ट्रपति पौडेल आज स्वदेश फर्कँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर आज अपराह्न स्वदेश फर्कँदै छन् । राष्ट्रपति पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए । सम्मेलनका क्रममा आयोजित…

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौं । हाल मुलुकका पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । महाशाखाका अनुसार कोशी, गण्डकी…

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ- स्थानीय बजारमा बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ३७ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु तीन हजार १० निर्धारण…

शेयर बजार १२ अङ्कले बढेर २६ सय विन्दुमाथि उक्लियाे, काराेबार रकम भने घट्याे

काठमाण्डाै – हिजो घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव १७ अङ्कले घटेर २ हजार ६ सय ७ दशमलव ४२ विन्दुमा पुगेको छ । आज होटल र म्युचल फन्ड बाहेक सबै समूहको शेयर…

जारी सिरिजको अन्तिम खेलमा नेपालद्वारा युएईलाई २ सय ४० रनको लक्ष्य

काठमाडाैँ – विश्वकप लिग–२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक एकदिवसीय खेलमा घरेलु टोली युएईलाइ जितका लागि नेपालले २ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३९ रन…

काभ्रेपलाञ्चोकमा टिपर दुर्घटना, चालक जलेको अवस्थामा फेला

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-६ स्थित कोदारी भिरमा टिपर दुर्घटना हुँदा २८ वर्क्षिय चालक किसिम राईको मृत्यु भएको छ। बुधबार बिहान बा५ख ४०७२ नम्बरको टिपर हेलम्बु राजमार्गको सडकबाट ६० मिटर तल खसेर दुर्घटनामा परेको थियो। दुर्घटनामा परेको टिपरमा आगलागीसमेत भएको छ। जिल्ला…

अमेरिकाको लुइसभिल विमानस्थलमा कार्गो जहाज दुर्घटना हुँदा ४ जनाको ज्यान गयो

अमेरिकाको केन्टकीको लुइसभिल अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो विमान दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । स्थानीय अधिकारीहरूले ज्यान गुमाउनेहरुको संख्या अझ बढ्न सक्ने बताएका बीबीसीले जनाएको छ । दुर्घटनामा कम्तीमा ११ जना घाइते छन् र केही व्यक्ति सम्पर्कविहिन भएका छन्…

सुनको भाउ आज तोलामा १ हजार १ सय रुपैयाँले घट्यो

काठमाण्डौ – सुनको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा एक हजार एक सय रुपैयाँले घटेर तोलाको दुई लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई…