सरकारले जारी गरेको अध्यादेशको समर्थन गर्ने कांग्रेसको निर्णय

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले सरकारले जारी गरेको अध्यादेशको समर्थन गरेको छ । बिहीवार नयाँ बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले अध्यादेशको समर्थन गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठकले  कांग्रेसका सम्पूर्ण…

फेसबुक,इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल दर्ता हुन नआए प्रतिवन्ध लगाउँछौँः मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिने सामाजिक सञ्जाललाई कारबाही गर्नकै लागि सामाजिक सञ्जाल सम्बन्धी विधेयक ल्याइएको बताएका छन् । उनले सामाजिक सञ्जाल अराजक बन्दै गएको र त्यसलाई नियमन गर्नुपर्ने आम नागरिकहरुकै मागका…

आज श्रीपञ्चमी, सरस्वतीको पूजा–आराधना गरिँदै

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको…

राष्ट्रपति पौडेलबाट वसन्त श्रवण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज विहान विश्वसम्पदा सूचिमा रहेको ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोकमा वसन्त श्रवण गरेका छन् । सो अवसरमा राष्ट्रपति पौडेलले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहणसमेत गरे । नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएको बिहान ७ बजेर…

नेपालभाषाको शर्ट फिल्म ‘चिपगु नीलः लाई राष्ट्रिय सांस्कृतिक चलचित्र अवार्ड प्राप्त

छैटौं अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा नेपालभाषाको ‘चिपगु नीलः’ ले राष्ट्रियतर्फ उत्कृष्ट सांस्कृतिक चलचित्र भई अवार्ड प्राप्त गरेको छ । आज भन्दा ४० वर्ष अघि कथाकार केशरमान ताम्राकारले नेपालभाषा साहित्य सम्मेलनमा प्रथम पुरस्कार जितेको कथामा आधारित भई निर्माण गरिएको सर्ट फिलम…

आजको मौसम : तराई र उपत्यकामा हुस्सु

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । अन्य प्रदेशको मौसम…

यस्तो छ आजको तरकारी र फलफूलको बजार मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रू ७०, गोलभेँडा सानो (भारतीय)…

बढ्यो इन्धनको मूल्य, कति पुग्यो

नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ। भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले इन्धनको मूल्य बढेको जनाउँदै निगमले फेरि मूल्य बढाएको हो। निगमले आजै मध्यरातदेखि लागू हुनेगरी मूल्य पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टितेलमा ४/४ रुपैयाँ बढाएको छ। नयाँ…

रास्वपाले बैठक १५ मिनेटको लागि बहिष्कार गर्दै सांसदहरू बाहिर निस्किए

१८ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो दिन बैठक सुरु हुनासाथ रास्वपाले बैठक अवरोध गरेको थियो । अवरोधकाबीच सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकको कार्यसूची अघि बढाएका छन् ।…

संसद्को हिउँदे अधिवेशन आज सुरु हुँदै

संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । साढे ४ महिनापछि बस्न लागेको अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको संसद् सचिवालयले जनाएको छ । हिउँदे अधिवेशनको पहिलो बैठक आज दिउँसो एक बजे बस्नेछ । आजको बैठकमा सरकारले केही साताअघि जारी गरिएका…