इन्द्रजात्रा पर्वः कुमारीको रथ आज काठमाडौँको तल्लो भेगमा तानिने

काठमाडौँ– वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाआराधना मनाइ्गने रुपमा इन्द्रजात्रा पर्वको तेश्रो दिन आज कुमारीको रथ तानेर मनाइँदैछ । आजको दिनलाई क्वनेयाः भनिन्छ भने आज जीवित देवी श्री कुमारीसहित श्री भैरव र श्री गणेशको रथलाई  काठमाडौँको तल्लो क्षेत्र अर्थात मरू जैसीदेगल,…

विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिताको दोश्रो चरणको तालिका सार्वजनिक

काठमाण्डौं – वर्ल्ड नेवाः अंगनाइजेशन (डब्ल्यूएनओ) ले दोश्रो संस्करणको विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिता अन्तर्गत दोश्रो चरणको तालिका सार्वजनिक गरेको छ। सार्वजनिक भएको तालिका अनुसार दोश्रो चरणमा योमरी, लोन्चामरी, पाहाँमरी, लाखामरी, सिन्कामरी, पचिंतामरी, छुँचुमरी, अँयठामरी, अक्षतामरी, लवंतियांमरी, तिकिमरी, प्यारामरी, चतामरी,…

‘ईः’ र काठमाडौँ महानगरबीच चार बुँदे सहमति

काठमाडौँ – साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्न माग गर्दै उभिएर धर्नामा रहेका अभियन्ता ‘ईः’ र काठमाडौँ महानगरपालिकाबीच चार बुँदे सहमति भएको छ ।  उनीहरुबीच बुधबार बेलुका चार बुँदे सहमति भएको हो । सहमतिसँगै ईःले आन्दोलनका कार्यक्रमहरु स्थगित भएको घोषणा…

दैनिक २० किलो सुन आयात गर्न पाइने

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा बढाएर प्रतिदिन २० किलो पुर्‍याएको छ । यसअघि प्रतिदिन १० किलो मात्रै सुन आयात गर्ने अनुमति रहेकोमा नेपाल राष्ट्र बैंकले बैंकहरूलाई परिपत्र गरेर प्रतिदिन २० किलो सुन ल्याउन अनुमति दिएको हो । नयाँ व्यवस्थाअनुसार…

असोज २१ गतेदेखि सहुलियत पसल सञ्चालन हुने

काठमाण्डौ – चाडबाड लक्षित सहुलियत मूल्य पसल असोज २१ गतेदेखि मङ्सिर ३ गतेसम्म सञ्चालन गरिने भएको छ ।  आमउपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सुपथ मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर सहुलियत पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य…

आज पाटन दरबार सङ्ग्रहालय निःशुल्क अवलोकन गर्न पाइने

ललितपुर – विश्व सम्पदा सूचीमा रहेको पाटन दरबार सङ्ग्रहालयले विश्व पर्यटन दिवसको अवसरमा दरबार सङ्ग्रहालय अवलोकनका लागि आज टिकट शुल्क नलिने भएको छ ।  आगामी सोमवारदेखि विश्व पर्यटन दिवस मनाउन तयारी गरिरहेको पाटन दरबार सङ्ग्रहालयले आज विश्व पर्यटन दिवसको अवरमा…

इन्द्रजात्रा अवलोकनका लागि विदेशी पाहुना काठमाडौँमा

काठमाडौँ – काठमाडौँ उपत्यकाको चिरारीसँग जोडिएको इन्द्रजात्रा अवलोकनका लागि स्वदेशी तथा विदेशी पाहुना काठमाडौँ आइसकेका छन् । ऐतिहासिक इन्द्रजात्रा आज वसन्तपुरमा इन्द्रध्वजसहितको यःसिं ठड्याएर विधिवतरुपमा सुरुआत भइसकेको छ। यस वर्षको इन्द्रजात्रामा २० विदेशी पाहुनासहित भगेनी सम्बन्ध स्थापित भएका स्थानीय तहका…

यःसिं ठड्याएसँगै येंया शुरु, आठ दिनसम्म मनाइने

काठमाण्डौ – काठमाण्डौको हनुमानढोकामा ३६ हात लामो यःसिं ठड्याएर आठ दिनसम्म मनाइने धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको परम्परागत येंया नखः ( इन्द्रजात्रा) शुरु भएको छ । हरेक वर्षको भाद्रशुक्ल द्वादशीका दिन हनुमानढोकामा ३६ हात लामो लिङ्गो ठड्याएर इन्द्रजात्रा पर्वको शुरुवात…

नेपाल-चीनबीच १३ बुँदे सम्झाैता र समझदारी पत्रमा हस्ताक्षर

काठमाण्डाै – नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका चिनियाँ समकक्षी प्रधानमन्त्री ली छ्याङबीच आज ग्रेट हल अफ दी पिपलमा भएको द्विपक्षीय वार्तापछि…

मल्ल के सुन्दरको नयाँ उपन्यास कुमारी सार्वजनिक हुँदै

काठमाण्डाै – इन्द्रजात्राको अवसरमा चर्चित व्यक्तित्व तथा साहित्यकार मल्ल के सुन्दरको कुमारी नामक नयाँ उपन्यास प्रकाशित हुन लागेको छ। उपन्यासमा बनेपाका अष्टमात्रिकामध्येकी जेठी अष्टमात्रिकाकी छोरी मय्जुलानी र चन्डाशुर दैत्यको प्रेमकथा, मय्जुलानीले देश रक्षाको लागि गरेको त्याग र कसरी उनी कुमारी…