आज बकर इद, सार्वजनिक बिदा

काठमाडौँ – मुस्लिम समुदायले आज इद–उल अजहा (बकर इद) मनाउँदैछन्।  मुस्लिम समुदायको दोस्रो ठूलो चाड बकर इदका अवसरमा इस्लाम धर्मालम्बीहरहरूले खसी वा भेँडाको बली दिने प्रचलन छ।  इब्राहिमले सपनामा आफ्नो छोरा इस माइललाई ईश्वरको आदेशानुसार बली दिएकोले सो अनुसार छोरालाई बली…

आज हरिशयनी एकादशी, चतुर्मास व्रत प्रारम्भ

काठमाडौँ – असार शुक्ल एकादशीका दिन आज घर घरमा तुलसीको बिरुवा रोपी पूजा शुभारम्भ गरेर चतुर्मास व्रत थालनी गरिँदैछ। हरिशयनी अर्थात् विष्णु आजका दिनदेखि चार महिनासम्म सुत्ने भएकाले असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मलाई चतुर्मास भनिन्छ। ​चतुर्मासमा व्रत गर्नु शुभ मानिने नेपाल पञ्चाङ्ग निर्णायक…

प्रतिनिधिसभाबाट बजेट बहुमतले पारित

काठमाडौँ – आउँदो आर्थिक वर्ष २०८०/८१ को बजेट प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । प्रतिनिधि सभाको आज बुधवारको बैठकमा उपस्थित भएका दुई सय ५५ जना सांसदमध्ये एक सय ४७ मतसहित बजेट पारित भएको हो । बजेटको विपक्षमा एक सय…

साफ च्याम्पियनसिपमा नेपालले पाकिस्तानलाई हरायो

 १४ औँ संस्करणको साफ च्याम्पियनशिप फुटबलमा नेपालले पाकिस्तानलाई हराएको छ । भारतको बेङ्गलाेरमा मङ्गलवार भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोलले हराएको हो । नेपालका आशिष चौधरीले ८० औँ मिनेटमा गोल गरे । आज जिते पनि यसअघिका दुवै खेल हारेको नेपाल समूह…

त्रिभुवन विमानस्थलमा यात्रुको बिदाइ र स्वागतमा तीन जनामात्रै जान पाउने

काठमाडौँ –त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब एक जना यात्रुको बिदाइ र स्वागतका लागि तीन जनामात्रै जान पाइने भएको छ । विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय ट्रमिनल भवन परिसरमा भिड बढेपछि हवाई सुरक्षा जोखिमलाई मध्यनजर गर्दै याे निर्णय गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताउनुभयो…

बिहीबार सार्वजनिक विदा

काठमाडौँ – सरकारले बकर ईदमा सार्वजनिक बिदा दिएको छ।  गृह मन्त्रालयका सहसचिवसमेत रहेका प्रवक्ता केदारनाथ शर्माद्धारा जारी विज्ञप्तिमा असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने उल्लेख गरिएको छ। बकर ईदका अवसरमा सरकारले देशैभर बिहीबार सार्वजनिक बिदा दिएको हो।

 नेपाः राष्ट्रिय पार्टीका पूर्व उपाध्यक्ष डा रमेश कुमार श्रेष्ठको  निधन

नेपाः राष्ट्रिय पार्टीका पूर्व उपाध्यक्ष डा रमेश कुमार श्रेष्ठको  निधन भएको छ । उहाँको हिजो सोमबार अमेरिकाको बोस्टनमा निधन भएको उहाँका छोरा सरल कुमार श्रेष्ठले जानकारी दिनु भएको छ। । राजनैतिक शास्त्रका प्राध्यापक भएर उहाँले लामो समयसम्म त्रिभुवन विश्वविद्यालयको पाटन…

वरिष्ठ पत्रकार प्रदीपमान श्रेष्ठको निधन

काठमाडौँ – नेपालभाषाको चर्चित पत्रिका ‘देसय् मरु झ्याः’ का सम्पादक एवमं प्रकाशक प्रदीपमान श्रेष्ठको  निधन भएको छ । उहाँको ६७ वर्षको उमेरमा आइतबार निधन भएको हो। आइतबार साँझ आफ्नै निवास काठमाडौंको मरूमा आकस्मात  भर्‍याङ्गबाट लडेर घाइते भएको र  उपचारका लागि…

ललितपुर महानगरले ल्यायो ६ अर्ब ५० करोडको बजेट

ललितपुर  (ललितपुर महानगरपालिकाले ६ अर्ब ५० करोड रुपैयाँको बजेट ल्याएको छ। आइतबार मानभवनमा आयोजित नगरसभामा महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ६ अर्ब ५० करोड रुपैयाँको बजेट प्रस्तुत गर्नु भएको हो।  महानगरले पुँजीगततर्फ ४ अर्ब २१ लाख ४६ हजार, चालुतर्फ २ अर्ब ४९…

काठमाडौँ महानगरपालिकाले ल्यायो २५ अर्ब ५४ करोड ७८ लाखको बजेट

काठमाडौँ – काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ । आइतबार नगरसभाको बैठकमा महानगरकी उपप्रमुख सुनिता डंगोलले आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २०…