ललितपुर – रातो मच्छिन्द्रनाथको रथलाई साउन १७ गते लगनखेलबाट जावलाखेल तानिने भएको छ । रथलाई लगनखेलबाट जावलाखेल तान्नको लागि हिजो ज्योतिषहरुले साउन १७ गतेको साइत निकालेका हुन् । १७ गते नै रथलाई जावलाखेलमा पु्र्याउन सकेमा साउन २० गते भोटो देखाइनेछ ।
भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुंगमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टंगल लगिनेछ । त्यससँगै यसवर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ । यसैबीच रातो मच्छिन्द्रनाथको कुलेदवी पूजा हिजो भएकोे छ ।
कलदेवीको पूजा गरिने दिनमा नै रथलाई लगनखेलबाट जावलाखेल तान्नको लागि साइत हेर्ने चलन अनुसार हिजो साइत हेरिएको हो । यसवर्ष बैशाख २९ गते रथ तानेर रातो मच्छिन्द्रनाथको रथजात्रा शुुरु भएको थियो ।
