प्रहरी वृत जनसेवामा जिल्ला प्रहरी कार्याालय झापाका प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दको सरुवा भई आएको छ । आज बाट प्रहरी वृत जनसेवामा हाजिर गर्नु भएको कृष्ण कुमार चन्द प्रहरी नायव उपरीक्षक लाई स्वागत गर्दै जनसेवा परिसरमा एक कार्यक्रम आयोजना पनि गरिएको थियो ।
कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरुलाई प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले ईमान्दारीका साथ जनताको सेवामा तल्लिन भई काममा लाग्न निर्देशन समेत दिनु भयो।
यस अघि झापामा चन्द अपराध अनुसन्धनमा अब्बल मानिन्छन् । प्रहरी संगठन भित्र स्वच्छ छवी र विषय विज्ञको रुपमा आफ्नो परिचय स्थापित गर्न सफल प्रहरी नायव उपरीक्षक चन्दले झापाका रहदाँ उपराध न्यूनिकरणमा महत्वपूर्ण भूमिका निर्वााह गरेका थिए ।
