बरिष्ठ चलचित्र निर्देशक, सन्चारकर्मी तथा लेखक प्रकाश सायमीद्धारा लिखित पुस्तक ‘कोलाहलको कोलाज’ हिजो एक समारोहका विच सार्वजनिक भएको छ ।
‘सुरशक्ति समूह’ नामक नेपाली सांगीतिक क्षेत्रका सात जना चर्चित गायिकाहरु – संगीता राना प्रधान, कुन्ती मोक्तान, विमला राई, रमना श्रेष्ठ, प्रतिमा राजभण्डारी,
पवित्रा सुब्बा र दिपा राई – ले संयुक्त रुपमा उक्त कृतिको विमोचन गर्नुभएको थियो । एजुकेशन पब्लिशिङ हाउस, जमल, काठमाडौँबाट प्रकाशित यस कृतिको विमोचन कार्यक्रम पनि सोही स्थानमा सम्पन्न भएको थियो ।
लेखक सायमीले यस अघि पनि सम्राट नारायण गोपालको जीवनीमा आधारित कृति ‘नारायण गोपाल’ बजारमा ल्याउनुभएको थियो। यस पुस्तक ‘कोलाहलको कोलाज’ सृजनात्मक गद्य विधामा लेखिएको थियो। जसमा विद्या र व्यक्ति विम्ब गरी दुई भाग समावेश छन्।
