नेवा: समुदयमा जात्राको माहोल छ। आज नेवा: समुदायले पाहाँ चह्रे मनाउँदैछन्। तर आज भने राजसंस्थावादी समूह, अर्को समाजवादी समूहले राजसंस्थावादीलाई जनताले फालेकै पूर्वराजा ज्ञानेन्द्र शाहलाई सत्तामा फर्काउनु छ। समाजवादीलाई आफैँले फालेको पूर्वराजा आइहाल्छन् कि भन्ने डरले लोकतन्त्रको पक्षमा सडकमा मान्छे उतार्नु छ।
सबैआ-आफ्नो दाउ छन्। पाहां चह्रे काठमाडौँवासीका लागि महत्वपूर्ण पर्व हो तर आजको यो प्रदर्शनले गर्दा जात्राको माहोल खलो भएको मसुस स्थानीयको छ। काठमाडौँको उत्सवका दिन पाहां चह्रेमा ‘संयुक्त जनआन्दोलन’ नाम दिएर प्रदर्शन थालनी गरेको राजसंस्थावादी समूहले अर्को दिन घोडेजात्रामा भने प्रदर्शन नगर्ने भएको छ।
काठमाडौँले उत्सव मनाउँदै गर्दा राजसंस्थावादी र समाजवादीले सडक प्रदर्शन पनि हुदै छ । उनीहरूकै भनाइमा उक्त प्रदर्शन विशाल हुनेछ। लाखमा मान्छेको सहभागिता हुने दाबी उनीहरूको छ।
यसै गरि चैत १६ गते घोडे जात्रा पर्व परेको र समस्त नेवा: समूदायहरूले उक्त दिन विशेष पर्वका रुपमा मनाउने परम्परा रहेकाले उक्त दिन हामीले कुनै आन्दोलनका कार्यक्रम राखेका छैनौँ’,’ राजावादी समूहले जारी गरेको अपिल पत्र पनि जारी गरेको छ। तर आज आज नेवा: समुदायले पाहाँ चह्रे मनाउँदैछन् भने बिर्सेको होकी ? यो प्रश्न पनि उठेको छ।
