कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड र लुटपाट

काठमाडौं । राजावादी समूहले कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड र लुटपाट गरेका छन् । राजावादी समूहले पार्किङ क्षेत्रमा रहेका निजी र सरकारी गाडीहरुको सिसा फुटाएका छन् । तीनकुनेमा भएको प्रदर्शन बिथोलिएपछि तितरवितर भएको समूह कोटेश्वरको भाटभटेनी सुपरस्टोरसम्म पुगेको थियो । सो समूहले…

कर्फ्यु आदेशको समयावधि थपियो

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि जारी गरेको कर्फ्यु आदेशको समयावधि लम्ब्याएको छ । काठमाडौं प्रशासनले अवस्थाको विश्लेषण गर्दै यसअघि जारी भएको कर्फ्यु आदेशको निरन्तरता स्वरुप आज रातिीको १० बजेदेखि मिति भोलि बिहान ७ बजेसम्मका लागि लम्ब्याएको हो ।…

तोडफोड गर्दै नेकपा एसको पार्टी कार्यालयभित्र छिरे प्रदर्शनकारी

काठमाडौँ– राजतन्त्रको पक्षमा उत्रिएका प्रदर्शनकारीहरूले तीनकुने नजिकै रहेको नेकपा एकीकृत समाजवादी पार्टी कर्यालयमा तोडफोड गर्दै पार्टी कार्यलायभित्रै छिरहेका छन्। कार्यालयभित्र छिरेर उनीहरूले भित्रका सामानहरू बाहिर फालेका छन्। साथै उनीहरूले कार्यालय अगाडि आगजनी गरेका छन्। तीनकुनेमा प्रहरीसँग झडप भएपछि प्रदर्शनकारीहरू तितरवितर…

स्थिति नियन्त्रणबाहिर गएपछि गौशालादेखि तीनकुनेसम्म कर्फ्यु

काठमाडौँ – काठमाडौँको गौशालादेखि, एयरपोर्ट, गैरीगाउँ हुँदै तीनकुनेसम्म कार्फ्यु लागेको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौँले स्थिति नियन्त्रणमा गएपछि कर्फ्यु आदेश जारी गरेको हो। शुक्रबार ४:२५ बजेदेखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी भएको हो। प्रशासनले मनोहरा खोला पुलदेखि शान्तिनगरसम्म कर्फ्यु…

तीनकुनेमा हवाई फायर,आगो निभाउन आएको दमकलमाथि ढुंगा प्रहार

काठमाडौंको तीनकुने क्षेत्र तनावग्रस्त भएपछि प्रहरीले हवाई फायर गरेको छ। तीनकुनेको एक घरमा आगजनी भएको छ। राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो । घरमा लागेको आगो निभाउन गएको दमकललाई पनि प्रदर्शनकारीले ढुंगा हानेपछि प्रहरीले सुरुमा अश्रुग्याँस…

कंग अजिमा खलः यतखा टोलमा पाहांचहे पर्वको योसिं ठडियो

काठमाडौं– पाहांचहे पर्वको अवसरमा काठमाडौं महानगर पालिका वडा नं १९ स्थित हात्तिखेलमा योसिं ठड्याउने कार्य आज सम्पन्न भएको छ । योसिं ठड्याउने कार्य कंग अजिमा खलःका सदस्यहरुबाट उत्सुकता पूर्वक भएको हो । योसिंलाई हात्ति खेलमा पुर्याएपछि खलःका सदस्यहरुले त्यहां सेतो…

समाजवादी मोर्चाको प्रदर्शन, काठमाडौँमा सवारी आवागमन प्रभावित

चार दलीय समाजवादी मोर्चा र राजावादीले आज काठमाडौँमा छुट्टा छुट्टै प्रदर्शन गर्दैछन्। माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा आवद्ध समाजवादी मोर्चाले सरकारका गलत क्रियाकलापको विरुद्धमा र गणतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेका हुन्। राजावादीहरुले भने…

पाहाँ चह्रेलाई बेवास्ता गर्दै आन्दोलनका कार्यक्रम आज

नेवा: समुदयमा जात्राको माहोल छ। आज नेवा: समुदायले पाहाँ चह्रे मनाउँदैछन्। तर आज भने राजसंस्थावादी समूह, अर्को समाजवादी समूहले राजसंस्थावादीलाई जनताले फालेकै पूर्वराजा ज्ञानेन्द्र शाहलाई सत्तामा फर्काउनु छ। समाजवादीलाई आफैँले फालेको पूर्वराजा आइहाल्छन् कि भन्ने डरले लोकतन्त्रको पक्षमा सडकमा मान्छे…

आज पाहाँ चह्रे, जमिनमुनि लुकेर बसेको महादेवलाई पूजा गरिँदै

आज नेवा: समुदायले पाहाँ चह्रे मनाउँदैछन्। हरेक वर्ष घोडाजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म काठमाडौँ उपत्यकामा नेवा: समुदायले पाहाँ चह्रे मनाउने गर्छन्। स्थानीय नेवा: समुदायको यो दशैँपछिको ठूलो पर्व हो। कसैले यसलाई पासा चह्रे पनि भन्ने गर्छन्। नेवा: भाषामा पाहाँको अर्थ…