सहकारी पीडितहरूले अर्धनग्न प्रदर्शन गरेका छन्। उनीहरुले सोमबार काठमाडौँको माइतीघर मण्डलामा र्धनग्न प्रदर्शन गरेका हुन्।
बचत कर्ताहरुले आफ्नो बचत ब्याज सहित फिर्ता हुनुपर्ने, ठग्ने सहकारी संचालक समिति र परिवार तथा कर्मचारी ,नातागोता लगायतको सम्पत्ति रोक्का हुनुपर्ने,सहकारी पीडितलाई राज्य कोषबाट रकम दिने व्यवस्था गरिनुपर्ने माग गर्दै आएका छन् । उनीहरुका माग सरकारले सम्बोधन गरेको छैन ।
आज भने उनीहरूले आफूहरूको ‘आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन् ।
